काठमाडौं । नागरिकतासम्बन्धी संशोधन विधेयक फिर्ताको माग गर्दै स्वतन्त्र युवाले प्रदर्शन गरेका छन् । बुधबार स्वतन्त्र युवाहरुले काठमाडौंको माइतीघरमा नागरिकता विधेयक फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘ए हजुर कता सस्तोमा नागरिता यता’, ‘सकेन बा सकेन विदेशी दलालीसँग सकेन’, ‘आयो आयो सस्तोमा नागरिकता आयो मात्र सय ३ वटा’लगायका सरकारलाई व्यंग्य गरिएका प्लेकार्ड बोकेका थिए । हालै प्रतिनिधिसभाबाट विवादित नागरिकता संशोधन विधेयक पारित भएपछि देशभर विरोध भइरहेको छ ।
सामाजिक सञ्जालमा समेत संशोधित नागरिककता विधेयकलाई लिएर आलोचना भइरहेको छ । सामाजिक सञ्जाल युजरकर्ताले उक्त विधेयक फिर्ता लिन सरकारसँग माग गर्दै आएका छन् ।














