Logo
Logo

नेपालको टि– २० विश्वकपको यात्रा समाप्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ साउन ।
नेपालको टी– २० विश्वकपको यात्रा समाप्त भएको छ । आइतबार एसिया छनोटमा सिंगापुरसँग पराजित भएपछि नेपालको यात्रा गुमेको हो ।
विश्व वरीयतामा एघारौँ स्थानमा रहेको नेपालले १६ राष्ट्र खेल्ने सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्ने मौका गुमाएको छ।

सिङ्गापुरमा भएको आइसीसी विश्वकप टी –२० एसिया छनोट अन्तर्गत आइतवारको अन्तिम खेलमा आयोजनले नेपाललाई ८३ रनले पराजित गरेपछि नेपालको सपना तुहिएको हो ।

टस जितेर सिङ्गापुरले पहिलो ब्याटिङ गरेको थियो । ६ विकेटको क्षतिमा १९१ रनको चुनौतीपुर्ण स्कोर बनायो। नेपालले १५ ओभरमा १०८ रन मात्रै बनाउन सक्यो।

जितसँगै सिङ्गापुर दुई महिनापछि संयुक्त अरब इमिरेट्स यूएईमा आयोजना हुने टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ।

नेपालको कमजोर प्रदर्शन
नेपालले आक्रामक शुरूवात गरेपनि ब्याटिङ स्तरीय हुन नसक्दा पराजय भोगेको हो।
कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो दुई ओभरमा २४ रन जोडेका थिए।
तर ठूलो रनको दबावले नेपाली ब्याट्सम्यानहरूलाई टिक्न दिएन।

उच्च लक्ष्य
सिङ्गापुरको इन्डियन क्रिकेट एसोसियसनको मैदानमा टिम डेभिड र रोहन रङ्गराजनले राम्रो ब्याटिङ गरेपछि ’अघोषित फाइनल’ खेल प्रतियोगिताकै धेरै रन बनाइएको खेल बनेको थियो।

टी(२० अन्तर्रा्ष्ट्रियमा नेपालविरुद्ध कुनै पनि राष्ट्ले बनाएको यो अहिलेसम्मकै ठूलो योगफल हो।

गतवर्ष नेदरल्याण्डले नेपालविरुद्ध १७४ रन बनाएको थियो।

डेभिडले सिङ्गापुरको लागि सर्वा्धिक ७७ रन जोडे। ४३ बल खेलेका उनले आठ चौका र तीन छक्का प्रहार गरे।

दोस्रो विकेटका लागि उनले रोहन रङ्गराजनसँग ८९ रनको साझेदारी गरेका थिए।

ओपनर रङ्गराजनले ४९ रन जोड्नु सिङ्गापुरको लागि महत्तपूर्ण बन्यो।

मनप्रित सिंहले २७ बलमा ४२ रन बनाउदा सिङ्गापुरको स्कोर दुई सय नजिकै पुग्न सक्यो।

नेपालका लागि अविनाश बोहोराले चार तथा करण केसीले दुई विकेट लिए।

अनुभवी खेलाडी वसन्त रेग्मीले चार ओभरमा ५४ रन दिए जुन नेपालको तर्फबाट हालसम्मकै सबैभन्दा खराव बलिङ हो।

सन्दीप लामिछानेले तीन ओभरमा ३४ रन दिए। यी दुवै स्पीनर विकेटविहिन भए।
सिंगापुरविरुद्ध नेपालको बलिङ र ब्याटीङ दुवै खराब रह्यो ।

प्रतिक्रिया दिनुहोस्