Logo
Logo

थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि , १ जनाको मृत्यु


693
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ४५४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१८ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै, २०२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ९२९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १ जना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्