Logo
Logo

बालुवाटार जग्गा प्रकरणः तीन पूर्व मन्त्रीसँग बयान, माधव नेपाल र बाबुराम भट्टराई तनावमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ साउन ।
बालुवाटारो सरकारी जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना पूर्व मन्त्तीसँग बयान लिएको छ । पूर्व भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र छविराज पन्तसँग आयोगले बयान लिएको हो ।
श्रेष्ठ र जोशी भूमिसुधार मन्त्रीका रुपमा बदमासी गरेका थिए । चुनावी सरकारमा मन्त्री रहेका पन्तले भूमिसुधार मन्त्रालयको सचिव हुँदा भू माफियालाई सहयोग गरेका थिए ।


त्यस्तै आयोगले कांग्रेसका नेता विजयकुमार गच्छेदारलाई समेत बयानमा बोलाउने तयारी गरेको छ । गच्छेदार भूमिसुधार मन्त्री हुँदा प्रधानमन्त्री निवास विस्तारका नाममा नक्कली मोही खडा गरेर जग्गा वितरण गरिएको थियो ।
माधवकुमार नेपाल र बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् बैठकले भू–माफियाको पक्षमा निर्णय गरेको थियो । त्यसकारण उनीहरुलाई पनि मुद्दा चलाउनुपर्ने माग भएको छ । तर, मन्त्रिपरिषद्का नीतिगत निर्णयमा अख्तियारले छानबिन गर्न नपाउने भएकाले उनीहरु जोगिने सम्भावना छ । यद्यपी अख्तियारले बयानमा बोलाउन सक्ने भएकाले उनीहरु तनावमा छन् ।
सो प्रकरणमा आयोगले आफ्नै पूर्व आयुक्त दीप बस्न्यातसँग समेत बयान लिइसकेको छ । भुमिसुधार सचिव हुँदा उनले बदमासी गरेका थिए । त्यस्तै पूर्व सचिव दिनेशहरी अधिकारीसँग समेत बयान लिइसकेको छ ।
यो प्रकरणमा एक सय भन्दा धेरै व्यक्तिहरु छानबिनमा छन् ।
सरकारले २०२२ सालमा अधिग्रहण गरिएको बालुवाटारको जग्गा जफत गरेको भनेर गलत ब्याख्या गरी करिब एक सय ४० रोपनी जग्गा हिनामिना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्