Logo
Logo

प्रधानमन्त्रीले राष्ट्रिय सभामा शपथ सम्बन्धी विधेयक प्रस्तुत गर्दै


819
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ सम्बन्धी विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।

भौतिक पूर्वाधारमन्त्री मोहमद इश्तियाक राईले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन प्रस्ताव पेश गर्नेछन् ।

यसैगरी महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्