Logo
Logo

बारा र पर्सामा भारी वर्षा, दिउँसोसम्म सतर्कता अपनाउन आग्रह


693
Shares

काठमाडौं । बाराको सिमरा, परवानीपुर र पर्साको अधिकांश क्षेत्रमा पछिल्लो ३ घण्टा भारी वर्षा भएको छ ।

वर्षा र बाढीले क्षति पुर्याउन सक्ने भएकाले तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागको बाढी सूचना केन्द्रका अनुसार ती क्षेत्रमा ३ घण्टादेखि लगातार भारी वर्षा मापन भएको छ ।

त्यसैले पसाहा खोला, दुधौरा खोला लगायतका अन्य साना खोलाका तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्