Logo
Logo

पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान सुरू


378
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियानको शुभारम्भ गरेका छन् ।

बिहीबार पशुपति क्षेत्रमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् । विश्वका वैदिक सनातन हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षारोपण अभियानले सहयोग पुग्ने मन्त्री श्रेष्ठले विश्वास व्यक्त गरे ।

मन्त्री श्रेष्ठले रोपेका बिरुवाको उचित हेरचाह, संरक्षण र व्यवस्थापनमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिए । उनले भने, ‘पशुपति क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपिपल, पारिजात, बेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाइनेछ ।’

कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिलाले एक लाख रुद्राक्षको विरुवा उपलब्ध गराउने घोषणा गरे ।
कार्यक्रममा मुख्यसचिव शंकरदास वैरागी, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) तथा कोषका पदाधिकारीहरुले वृक्षारोपण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्