Logo
Logo

बादशाह र विवेक



तिमी भन्छौ एउटा कविता लेख
के भनेर म लेखूँ
तिमी स्वयं कविता बनेकी छ्यौ

यसरी बगेकी छ्यौ
एउटा भेल बनेकी छ्यौ
म त किनारा खोज्दाखोज्दै
तिम्रो भेलमा बगेको छु
अझ तिमी भन्छौँ
एउटा कविता लेख भनेर

यदि म कवि हुँ भने
तिमी मेरो कविता हौँ
एउटा प्रवाह हौँ
एउटा यात्रा
अनि मंजिल हौँ

मेरी प्रियतम
यदि म मनको बादशाह हु भने
तिमी मेरो विवेक हौँ ।

प्रतिक्रिया दिनुहोस्