Logo
Logo

अर्थमन्त्रीमा जनार्दन शर्माकै हक लाग्छ : वर्षमान पुन


9.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्रीमा जनार्दन शर्माकै हक लाग्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले संसदीय छानबिन समितिले निर्दोष ठहर गरेपछि अर्थमन्त्रीका लागि पार्टीमा शर्मा बाहेक अरूको विकल्प नखोजिएको बताए ।

छानबिनका लागि सघाउन अर्थमन्त्रीबाट राजीनामा दिएपनि निर्दोष सावित भएपछि उनी नै अर्थमन्त्रीमा फर्कनुपर्ने बताए । उनले बरू आफू पुनः मन्त्री बन्ने वा नबन्ने भन्ने कुरा शर्मा अहिलेसम्म केही नबोलेको बताए । यसबारे पार्टीमा पनि थप छलफल हुने नेता पुनको भनाई छ ।

बजेट निर्माणका क्रममा करको दरमा हेरफेर गरेको भन्ने प्रमुख प्रतिपक्षी दलको आरोप पछि छानबिनका लागि शर्माले राजीनामा दिएका थिए । संसदीय छानबिन समितिले उनलाई निर्दोष सावित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्