Logo
Logo

जनार्दन शर्मा निर्दोष : प्रचण्ड


4.7k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनार्दन शर्मा निर्दोष भएको बताएका छन् ।

शुक्रबार प्रेस सेन्टर नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेकाे आरोप लागेका जनार्दन निर्दोष प्रमाणित भइसकेकाे बताए । उनले नखाएको विष नलाग्ने भन्दै अर्थमन्त्री र अर्थमन्त्रालयले कुनै गल्ती नगरेका कारण छानविन समितिले निर्दोष सावित गरेको बताए ।

जनार्दनले ल्याएको बजेटको सबैतिर स्वागत भइरहँदा अनावश्यक विवाद खडा गरिएको अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘सबैले बजेट राम्रो छ भनेर प्रशंसा र स्वागत गर्दै थिए । एकाएक राति १२ बजे बजेट हेरफेर गर्‍यो भनेर आयो । मैले नै अध्यक्षको हैसियतले छानबिन गर्न लगाएको हुँ ।’

सांसदीय विशेष छानबिन समितिले आज बुझाएको प्रतिवेदनले शर्मालाई निर्दोष प्रमाणित गरको कुरा जनतालाई ‘कन्फिडेन्ट’ भएर भन्नु पर्ने बताए । उनले भने, ‘अब प्रमाणित भइसक्यो । त्यो घोषणा भयो । कुनै गल्ती भएको छैन भनेर रिपोर्ट दिइयो । यी कुराहरूलाई जनताका बीचमा हामीले कन्फिडेन्टली किन नभन्ने ?’

जनार्दनमाथि गत जेठ १४ गते राति बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोप लागेको थियो । उक्त प्रकरणमा जनार्दनले ‘क्लिन चिट’ पाइसकेका छन् ।

संसदीय विशेष छानबिन समितिले प्रतिनिधि सभामा पेस गरिएको प्रतिवेदनमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्