Logo
Logo

सीसीटिभि बाहेक अन्य बिषयमा अनुसन्धान हुन सकेन : प्रदिप ज्ञवाली


2.5k
Shares

काठमाडौं । प्रमख प्रतिपक्षी दल नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले संसदीय छानविन समितिले पूर्णरुपमा काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

छानविन समितिका सदस्य समेत रहेका ज्ञवालीले शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरेको बिषयमा सीसीटिभि बाहेक अन्य बिषयमा अनुसन्धान हुन नसकेको बताए ।

उनले समितिमा रहेका सत्तापक्षका सांसदहरुका कारण छानविन पूर्ण हुन नसकेको आरोप समेत लगाए । अनधिकृत भनिएका व्यक्तिहरुको कल डिलेज लिने र लोकेशन लिने तथा सो समयमा मन्त्रालयमा रहेका व्यक्तिहरुको नाम संकलन गरेर सोधपुछ गर्ने काममा पनि समिति सफल हुन नसकेको उनको भनाई छ ।

अनुसन्धान पुर्ण हुन नसक्दा निष्कर्ष पनि पूर्णरुपमा पुग्न नसकेको भन्दै ज्ञवालीले आफु मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरेको भन्ने बिषय निराधार हो भन्ने अवस्थामा पुग्न नसकेको बताए । उनले अहिले व्यक्ति, पार्टी र सरकार भन्दा पनि पद्धती मुख्य बिषय भएको र समितिमा तथ्यमा नै पूर्ण रुपमा छलफल हुन नसकेको तर्क गरे ।

उनले समितिले बनाएको कार्यबिधि अनुसार पनि काम हुन नसकेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्