Logo
Logo

मंसिर चारमै संघ र प्रदेशको निर्वाचन : कांग्रेस प्रवक्ता


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । नेपाल प्रेस युनियनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले मंसिर ४ मै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् ।

प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन दिए । उनले नेपाली कांग्रेसमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा नै धेरै चासो हुने गरेको उल्लेख गरे ।

उनले भने, ‘मंसिर ४ गते त निर्वाचन हुँदैछ । पक्कापक्की छ । केही दिनमा त्यो घोषणा हुन्छ । देशभरकै प्रेस युनियनलाई जागरुक गरेर त्यहाँका पार्टीका साथीहरुसँग समन्वय गरेर हाम्रा विचार र हाम्रा उम्मेदवारहरुको कुरा तत्काल प्रकाशन गर्ने काममा लाग्नुस् ।’

प्रतिक्रिया दिनुहोस्