
१. बजेट निमार्णको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका जनार्दन शर्माले पाए ‘क्लिन चिट’, बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको संसदीय विशेष छानबिन समितिको निष्कर्ष, अर्थ मन्त्रालयबाट प्राप्त जवाफ, कागजात, प्राप्त भएको सीसीटीभी फुटेजको अध्ययन गर्दा शर्मामाथि आरोप पुष्टि हुने प्रमाण फेला नपरेको समितिको सभापति लक्ष्मणलाल कर्णको भनाइ ।

२. समाजवादी केन्द्रको निर्माण विषयमा कुनै छलफल नभएको नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डको भनाइ, गठबन्धनसँगै रहेर आगामी निर्वाचनमा जाने, गठबन्धनको विकल्प नरहेको ठहर, गठबन्धन टुटेर अर्को बन्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह, ओलीले गणतन्त्रविरुद्ध गतिविधि गरिरहेको आरोप, राजनीतिको मूलधार माओवादी नै भएको दाबी ।

३. आगामी निर्वाचनमा नेकपा एमाले नजिते देश बर्बाद हुने अध्यक्ष केपी शर्मा ओलीको धम्की, पार्टीका भातृसंगठनहरुले टोल–टोलमा र घर–घरमा नारा लिएर अघि बढ्नुपर्ने बेला आएको भनाइ, स्थानीय तह निर्वाचनमा एमालेको धेरै भोट खेर गएको अभिव्यक्ति, मतदातालाई राजनीतिकदेखि व्यवहारिक प्रशिक्षण गनुपर्ने जरुरी रहेको ठहर, भोट लुट्ने, खोस्ने र किन्नेलाई रोक्न निर्देशन ।

४. प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुबीच भेटवार्ता, नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा अमेरिकाले नेपालको आर्थिक विकासमा गरेको सहयोगबारे कुराकानी, नेपालको विकासमा अमेरिकाको सहयोग तथा उच्चस्तरको आर्थिक साझेदारी निरन्तर कायम रहने अपेक्षा, उपयुक्त र अनुकुल समय मिलाएर अमेरिका भ्रमण गर्ने देउवाको भनाइ ।

५. संघीयता विरोधी आवाज उठाउनेलाई प्रतिबन्ध लगाउन सांसदहरुको माग, जनताको बलिदानबाट प्राप्त संघीयतालाई कमजोर बनाउने अभिव्यक्ति दिने छुट कसैलाई नभएको भनाइ, संसद्मै संघीयता विरोधी अभिव्यक्ति दिएको भन्दै सांसद प्रमोद साहको आपत्ति, संघीयतालाई बलियो बनाउन सबैको ध्यान केन्द्रित हुनुपर्ने भनाइ ।

६. आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतको भनाइ, निर्वाचनको लागि जागरुक भएर लाग्न निर्देशन, पार्टीमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा चासो नदिन आग्रह, ‘हाम्रा विचार र हाम्रा उम्मेदवार’ खोज्नुपर्ने अभिव्यक्ति ।

७. अर्थमन्त्रीमा जनार्दन शर्माकै हक लाग्ने नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको भनाइ, संसदीय विशेष छानबिन समितिले जनार्दनलाई निर्दोष ठहर गरेपछि अर्थमन्त्रीका लागि अरूको विकल्प नखोजिएको अभिव्यक्ति, आफू पुनः मन्त्री बन्ने वा नबन्ने भन्ने कुरा जनार्दन केही नबोलेको जानकारी, अर्थमन्त्रीबारे पार्टीमा छलफल हुने ।

८. यो साता सेयर बजारमा हरियाली, नयाँ मौद्रिक नीतिपछि उचालिएको बजार साताको अन्तिम शुक्रबार पनि बढ्यो, साताभर समग्रमा बजार १२२.८९ अंकले बृद्धि, आज १२.९२ अंकले बढेर २१४०.३९ बिन्दुमा कायम, १०३ कम्पनीको सेयर मूल्य बढ्यो, ७१ कम्पनीको मूल्य घट्यो, ९ कम्पनीको मूल्यमा यथावत ।

९.अफगानिस्तानमा शारिया कानुन कार्यान्वयनका लागि तालिवानको दवाव, मौलिक संस्कार र संस्कृतिलाई जोगाउने भन्दै इस्लामिक मूल्य मान्यताको संरक्षण गर्नुपर्नेमा जोड, अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच टेलिफोन वार्ता, ताइवानबारे अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको बाइडेनको भनाइ, ‘एक चीन’ नीति अपनाउन सीको आग्रह ।

१०.साफ यू–२० च्याम्पियनसिपमा आयोजक तथा साविक विजेता भारतले पहिलो जित दता, श्रीलंकालाई ४–० गोल अन्तरले पराजित, हारसँगै श्रींलका प्रतियोगिताबाट बाहिरियो, राष्ट्रिय फुटबल टोलीका पूर्व उपकप्तान सन्दीप राई प्रदेश नम्बर १ को प्रदेश खेलकुद विकास बोर्डको सदस्य नियुक्त ।















