Logo
Logo

ओली संघीय गणतन्त्र नेपालको दुश्मन : सहरी विकासमन्त्री चौधरी


2.1k
Shares

झापा । सहरी विकासमन्त्री तथा नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य मेटमणि चौधरीले केपी ओली संघीय गणतन्त्र नेपालको दुश्मन भएको बताएका छन् ।

पार्टीको दमक नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले संघीय लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था र जनआन्दोलनका उपलब्धिहरुको रक्षा गर्न गठबन्धन बनाउनुपरेको बताए ।

निर्वाचन पछिसम्म पनि गठबन्धन कायम रहने बताउँदै उनले केपी ओली नेतृत्वको एमालेले चुनाव जिते नेपालको संसदीय व्यवस्था मात्र होइन, लोकतन्त्र नै धरापमा पर्ने दावी गरे ।

दुई तिहाइ नजिकको बहुमतलाई ओलीले दुरुपयोग गरेर लोकतन्त्र मास्न खोजेकाले आफूहरुले विद्रोह गर्नुपरेको पनि उनले प्रष्ट पारे । आगामी निर्वाचनबाट एमालेको अस्तित्व नै संकटमा पर्ने मन्त्री चौधरीको जिकिर थियो । समानुपातिक व्यवस्थाका कारण एमालेका केही सांसद रहेपनि प्रत्यक्षमा उसलाई खोज्नुपर्ने अवस्था आउनुपर्ने बताए ।

दमकमा निर्माणाधीन दमक भ्यू टावरलाई स्थानीय जनताको आवाजलाई समेत बुझ्दै विजनेस कम्प्लेक्सका रुपमा स्थापित गर्ने प्रकृया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन गरिने उनले बताए ।

शुक्रबार नै मन्त्री चौधरीले फाल्गुनन्द सभा गृहका रुपमा शिलन्यास भइ नाम परिवर्तन भएको दमक सभागृह, दमक १० स्थित इन्दे्रणी ताल, कमल गाउँपालिका वडा नं ५ स्थित लामो समयदेखि बन्न नसकेको आदिवासी रंगशाला तथा स्मृति पार्कको स्थलगत निरीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्