Logo
Logo

एसपीपी च्याप्टर क्लोज, भविष्यमा पनि गम्भीर बनौँ : विश्वप्रकाश शर्मा


819
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को च्याप्टर क्लोज भएको बताएका छन् ।

नेपाल सरकारले एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाएपछि ‘अब यो अध्याय अन्त्य भएको’ उनले बताउँदै भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माणमा गम्भीर हुन सबैलाई आग्रह गरेका छन् ।
एसपीपीमा सहभागी नहुने नेपाल सरकारको पत्र अमेरिकाले प्राप्त गरेको र नेपालको निर्णयलाई स्वीकार गरेको समाचार आएपछि महामन्त्री शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।

शर्माले शनिबार ट्विट गर्दै लेखेका छन्, ‘एसपीपीमा सहभागी नहुने पत्र सरकारले अमेरिकालाई पठाएपछि यो च्याप्टर क्लोज त भयो । तर, भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा हामी सबै गम्भीर बनौं ।’ उनले परराष्ट्र सम्बन्धमा व्यक्ति र दल नभएर देशलाई केन्द्रमा राखेर अगाडि बढ्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्