काठमाडौं, १३ असार
गृह मन्त्रालयले ठूलो संख्यामा सिडिओहरुको सरुवा गरेको छ । आइतबार गृहले सरुवा गरेको हो ।
इन्कान्टर घटनाका कारण विवादमा परेका सर्लाहीका प्रजिअ कृष्णबहादुर राउत एक महिनामै सरुवा भएको छ । उनको सुनसरीमा सरुवा भएको छ । इलाका प्रशासन कार्यालय साँखुका मोहनबहादुर जिसीलाई कामु प्रजिअको जिम्मेवारी दिएर सर्लाही पठाइएको छ।
अध्यागमन विभागका ज्ञाननाथ ढकाललाई प्रजिअका रुपमा म्याग्दी सरुवा गरिएको छ। मुवराज कट्टेललाई दैलेख र वेदनिधि खनाललाई सोलुखुम्बुमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
१. कृष्णबहादुर राउत प्रजिअ सर्लाहीबाट (प्रजिअ सुनसरी
२. मोहनबहादुर जिसी इप्रका साँखुबाट (प्रजिअ सर्लाही
३. ज्ञाननाथ ढकाल गृह मन्त्रालयबाट (प्रजिअ म्याग्दी
४. युवराज कँडेल रा.प.प. विभागबाट (प्रजिअ दैलेख
५. वेदनिधि खनाल गृह मन्त्रालयबाट (प्रजिअ सोलुखुम्बु
६. चन्द्रकला ओली मोरङबाट प्रजिअ (तेह्रथुम
७. कृष्णप्रसाद पन्थ पाल्पाबाट प्रजिअ (प्युठान
८. डोरेन्द्र निरौला इप्रका धरानबाट (ताप्लेजुङ
९. वेदनिधि अधिकारी कारागार, सुन्धाराबाट (रुकुमपूर्व
१०. कृष्णचन्द्र पौडेल झापाबाट (कालीकोट
११. पुष्पराज पौडेल कारागार कार्यालय, सुन्धाराबाट (रुकुमपूर्व
१२. मित्रलाल शर्मा रुकुमपूर्वबाट (गृह मन्त्रालय
१३. अर्जुन भण्डारी ताप्लेजुङबाट (मोरङ
१४. नरेन्द्र राना सोलुखुम्बुबाट (गृह मन्त्रालय
१५. लक्ष्मीदेवी होमागाइँ तेह्रथुमबाट (काभ्रे
१६. लीलाधर अधिकारी म्याग्दीबाट (अध्यागमन, विमानस्थल
१७. बद्रिनाथ गैरे प्युठानबाट (स. प्रजिअ नुवाकोट
१८. चन्द्रबहादुर कार्की कालीकोटबाट (इप्रका धरान
१९. खुमकान्त आचार्य गृह मन्त्रालयबाट (इलाका प्रशासन साँखु
२०. वसन्तराज पुरी स.प्रजिअ काभ्रेबाट (गृह मन्त्रालय
२१.तुलसीराम पौडेल स.प्रजिअ तनहुँबाट (गोरखा
२२. रामेश्वर अर्याल कपिलवस्तुबाट (तनहुँ
२३. शम्भु ऐरी स. प्रजिअ रूपन्देहीबाट (रा.प.प. विभाग
२४. लक्ष्मी बाँस्कोटा प्रजिअ दैलेखबाट (कारागार कार्यालय सुन्धारा
२५. रुद्रनाथ देवकोटा मनाङबाट (अध्यागमन, त्रिभुवन विमानस्थल