Logo
Logo

अर्थमन्त्री जनार्दनले लिए शपथ


2.3k
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएका हुन् ।

आर्थिक वर्ष २०७९/०८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए ।

सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो । समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको थियो । अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको समितिको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्