काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समिति भित्रै रहेका सत्तारुढ दलका सांसदहरुले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको आरोप लगाए ।
तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सिसीटिभी फुटेजनै गायब गरिएको समेत उनले दावी समेत गरे । उनले भने, ‘अहिले सीसीटीभी राख्दा त फुटेज गायब । आजकलको जमानामा कल डिटेल हुन्छ । तर, हेर्न नपाइने । कल डिटेल हेर्न चाहिँ पाइदैन, लजा ।’
‘अब ऊ बेला त न कल डिटेल, न फुटेज । न मोबाइल, न क्यामेरा, न फोटो,’ ओलीले भने, /ऊ बेला चोरी पत्ता लगाउनु प¥यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो ।’














