Logo
Logo

अधिकांस स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना


630
Shares

काठमाडौं । हाल देशका प्रदेश १, बागमती, गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाअनुसार आज देशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश, बागमती, गण्डकी र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्