Logo
Logo

कोरोनाको उपचारका लागि तोकिए १७ अस्पताल


0
Shares

काठमाडौं । कोरोना संक्रमण बढ्दै जाँदा सरकारले १७ अस्पतालमा संक्रमितको निःशुल्क उपचार हुने व्यवस्था मिलाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १७ वटा अस्पताललाई कोरोना संक्रमणको निःशुल्क उपचारका लागि तोकेको हो।

जसमा काठमाडौं उपत्यकाको शुक्रराज ट्रपिकल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल तोकिएका छन् ।

विराटनगरस्थित कोशी अस्पतालका साथै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुर अस्पताल, नारायणी अस्पताल वीरगन्ज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान‚ बागलुङको धौलागिरी अस्पताल, बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगन्जको भेरी प्रादेशिक अस्पताल, प्रादेशिक अस्पताल सुर्खेत‚ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल, कैलाली र डडेलधुरा अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने मन्त्रालयले जनाएको छ ।

यी अस्पतालमा कोरोनाका मध्यम तथा गम्भीर बिरामीको नि:शुल्क उपचार हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्