Logo
Logo

काभ्रेस्थली घटना : भेटियो ‘सुसाइड नोट’


10.1k
Shares

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा सोमबार एकै परिवारका ४ जना मृत फेला परेका छन् । काठमाडौंका प्रहरी प्रमुख भरत बोहराका अनुसार आफ्नै घरभित्र बाबु, आमा र छोराछोरी मृत भेटिएका हुन् ।

गोरखाको भीमसेन थापा गाउँपालिका-६ घर भई काभ्रेस्थली बस्दै आएका दिनेश कार्की, उनकी श्रीमती सुनिता, छोरा आशिक र छोरी आशिका घरमै मृत भेटिएका हुन् ।

प्रहरी अधिकृतहरुका अनुसार दिनेशले श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ । प्रहरी प्रमुख बोहराका अनुसार घटनास्थलमा ‘सुसाइड नोट’ पनि भेटिएको छ, जुन दिनेशको भएको मानिएको छ ।

सुसाइड नोटमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन । प्रहरीका अनुसार दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए । दिनेश र सुनिता पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको वालाजु वृत्तमा पुगेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्