Logo
Logo

अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गर्ने युवाहरु पक्राउ


1.2k
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै काठमाडौंको बानेश्वरस्थीत संसद भवन अगाडी प्रदर्शन गर्ने युवाहरुको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिधिको शासन कायम गर, अर्थमन्त्री राजीनामा दे भन्दै नारा लगाउदै संसद भवन अगाडी प्रदर्शन गर्ने युथ कांग्रेस आवद्ध युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शनमा सहभागी युवाहरुले अर्थमन्त्री शर्मामाथिको छानविन समिति एकपक्षिय भएको भन्दै राजीनामा दिनुपर्ने माग राखेका थिए । नेविसंघको झण्डासहित प्रदर्शनमा उत्रेका युवाहरु संसद भवनको १ नंवर गेट अगाडी पुग्ने बितिकै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्