Logo
Logo

९ प्रतिशत ब्याजमा ग्लोबल बैंकको डेढ करोडसम्म घर कर्जा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ साउन ।

ग्लोबल आइएमई बैंक लिमिटेडले ९.९९ प्रतिशत व्याज दरमा घर कर्जा (ज्यmभ ीयबल) योजना ल्याएको छ । घर कर्जा आवेदन प्रकृया पूरा भएको ३ कार्य दिनभित्र कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने, खरीद गर्ने तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो ।


यस योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् । यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु(याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले हाल १३८ वटा शाखा, २८ वटा एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १७० शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले अत्याधुनिक प्रविधियुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधिरसम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थतन्त्रमा विशेष योगदान पु(याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्