
१. महाकाली सन्धिमा कमजोरी रहेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वीकारोक्ति, तल्लो शारदा नहरले प्रयोग गरेको पानीको बारेमा चर्चा नभएको भनाइ, लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली नक्सामा समाहित गरेबापत आफू प्रधानमन्त्रीबाट हट्नु परेको टिप्पणी, पूर्वजहरूले ज्यान लिएर जोगाएको देशलाई रक्षा गर्न अडेमात्रै पुग्ने भनाइ ।

२. निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तत्काल अघि बढाउन नेपाल बार एसोसिएसको माग, चालु अधिवेशनबाट नै जबराविरुद्धको महाअभियोगको छिनोफानो गर्न आग्रह, संसदमा विचाराधीन महाअभियोग प्रस्ताव लामो समयसम्म राख्न नहुने सुझाव ।

३. देशको हितविपरीत नागरिकता विधेकय पास गरिएको एमाले महासचिव शंकर पोखरेलको टिप्पणी, नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउन देशहित विपरीतको व्यवस्था गरेको भन्दै आपत्ति, अंगीकृत नागरिकताका हकमा नेपाल र भारतमा समान कानुनी व्यवस्था हुनुपर्ने भनाइ ।

४. नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित नेताहरूविरुद्ध पक्राउ पूर्जी, नेकपाको आपत्ति, सरकार देश र जनताको मुद्दामा प्रवेश नै नगरेको भनाइ, सरकारले सहमति उल्लंघन गरेको आरोप, तीनबुँदे सहमति तदारुकताका साथ कार्यान्वयन नगरे हातमा दही जमाएर नबस्ने चेतावनी ।

५. नेपाली उद्योगहरूमा विदेशी मजदुरहरू राखिएको विषयमा श्रम विभागलाई अनुगमन गरेर लागत संकलन गर्न संसदीय समितिको निर्देशन, विदेशी कामदारको ठाउँमा स्वदेशी कामदार राख्नुपर्ने, कतार, इजरायल तथा दक्षिण कोरियामा अहिलेसम्म श्रम मन्त्रालयबाट भए, गरेका कार्य प्रगतिको विवरण पठाउन निर्देशन, स्वदेशी कामदार राख्ने विषयमा आपसी सहयोगका लागि समितिका सदस्यहरुलाई पनि सहभागी गराउनुपर्ने ।

६. वैदेशिक रोजगार विभागद्वारा विज्ञापन प्रकाशन नगर्ने १४८ संस्थालाई जरिवाना, ७४ लाख जरिवाना रकम सङ्कलन, म्यानपावरले रोजगारदाता संस्थासँग भएको सम्झौता कामदार पठाउनु पूर्व रोजगारदाता संस्थाको नाम, ठेगाना र कामदार पठाउने मुलुक, वैदेशिक रोजगारको किसिम, कामदारको किसिम र सङ्ख्या, कामदारले पाउने तलब सुविधासहितको जानकारीसहित सूचना प्रकाशित गर्नैपर्ने ।

७. कोरोनाको उपचारका सरकारले तोक्यो १७ अस्पताल, कोसी अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल अस्पताल टेकु, भरतपुर अस्पताल, वीर अस्पताल, त्रिवि अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, धौलागिरि अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल वीरेन्द्रनगर, सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा निःशुल्क उपचार गरिने ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले उकालो, नेप्से १.१५ अंकले बढेर दुई हजार १९६.२५ मा पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इनडेक्स १.९४ अंकले बढेर ४२१.१४ मा कायम, कूल २१७ कम्पनीको एक करोड पाँच लाख १८ हजार ७१२ कित्ता शेयर चार अर्ब ६७ करोड सात लाख ९८ हजार ७५६ रुपैयाँमा खरिद बिक्री, १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि ।

९. सन् २०२६ मा समाप्त हुने रुससँगको सन्धिलाई प्रतिस्थापन गर्न नयाँ हतियार नियन्त्रण ढाँचाबारे वार्ता गर्न अमेरिका तयार, पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानको इन्स्टाग्राम ह्याक, श्रीलङ्कामा इन्धन कारोबारमा क्युआर कोड लागू, इन्धन किन्नको भिड व्यवस्थापन गर्न क्युआर कोड प्राणाली लागू गरिएको भनाइ ।

१०. सन् २०२६ को फिफा विश्वकपका लागि नेपालले एसियाली छनोटमा पहिलो चरणबाट खेल्नुपर्ने, अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा ४८ टोलीको सहभागिता रहने, नयाँ ढाँचा अनुसार विश्वकपमा छनोट हुन पुछारका टोलीले कम्तिमा चार चरणको छनोट पार गर्नुपर्ने, गण्डकी प्रदेश सेटर सुजन चोखालसहित तीन खेलाडीमाथि गर्ने भनेको कारवाही अन्योलमा ।















