Logo
Logo

१८ लाख घुस दिने ठेकदार अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ असार ।
१८ लाख ५० हजार घुस दिने ठेकदारविरुद्ध मुद्दा दायर भएको छ । साविक जिल्ला प्राविधिक कार्यालय, भोजपुरका तत्कालीन सि.डि.ई. लालु गिरीले घुसररिसवत लिई भ्रष्टाचार गरेको कसुरमा एम.के.रवाई.पी.जे.भी. का प्रतिनिधि देवजंग शाहीविरुद्ध मुद्दा दायर भएको हो ।


सो प्रकरणमा आयोगले सिडिई गिरीविरुद्ध गत २३ फागुनमा मुद्दा दायर भएको थियो । उनकै उजुरीका आधारमा आयोगले मुद्दा दायर गरेको थियो । पछि बिशेष अदालतमा गएर आफूले पैसा नदिएको बयान दिएपछि आयोगले उनीविरुद्ध पनि मुद्दा दायर गरेको हो ।
१८ लाख ५० हजार बिगो दाबी गरि मुद्दा दायर गरेको हो । उनीविरुद्ध सिआईबीले समेत मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्