
काठमाडौं । आज धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर नागपञ्चमी पर्व मनाइँदै छ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा नाग देवताको पुजा आरधाना गरी मनाइन्छ । सो अवसरमा काठमाडौंको नागपोखरीमा नागको पूजा गर्ने श्रद्धालु भत्तजनहरुको आज बिहानैदेखि घुइँचो लागेको छ।
आजै काठमाडौंको नागपोखरी, किर्तिपुरको टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ।




















