Logo
Logo

११५ उद्योगविरुद्ध मुद्दा दायर (सूची)


1.3k
Shares

गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्ने उक्त उद्योगविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा देशभरका ४ हजार १२७ वटा उद्योगबाट उत्पादित नमूना परीक्षण गर्दा २२४ वटा नमूना खान नमिल्ने पाइएको जानकारी दिएको छ । जसमध्ये ११५ वटा उद्योगलाई भने जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्धा नै दायर गरिएको विभागले जनाएको छ ।

विभागले खाद्यान्न एवं दलहन लगायतका वस्तु उत्पादन गर्ने ३० वटा उद्योगका विरुद्ध मुद्धा दायर भएको छ । दुध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्दै आएका १९ वटा उद्योगविरुद्ध समेत मुद्दा दायर गरिएको विभागको भनाइ छ ।

विभागका अनुसार दाना उत्पादन गर्ने १८ वटा उद्योगविरुद्ध मुद्दा दायर हुँदा प्रशोधित पिउने पानी उत्पादन गर्ने १४ उद्योगविरुद्ध समेत मुद्दा परेको छ ।

प्रतिक्रिया दिनुहोस्