Logo
Logo

काठमाडौंमा पूर्व उपसचिवको घरमा गोली प्रहार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ साउन ।
काठमाडौंको कलंकीमा पूर्वउपसचिवको घरमा गोली चलेको छ । गोली प्रहारबाट कुनै क्षती भएको छैन ।
कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको हो । उनको छोरीमाथि लक्षित गरी कोठामै गोली प्रहार भएको आशंका गरिएको छ । शर्माकी छोरी कोठमा पढिरहेको अवस्थामा कोठामा बाहिरबाट गोली प्रहार भएको थियो ।


तीन तले घरमो दोस्रोमा तलामा गोली प्रहार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले बताए । नियोजित रुपमा गोली हानिएको वा झुक्किएर फायर भएकोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कोठाबाट गोलीको खोका प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्