
१. संघीय तथा प्रदेशसभा निर्वाचन मंसिर ४ गते गर्ने सत्ता गठबन्धनमा सहमति, बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने तयारी, निर्वाचन आयोगले सिफारिस गरेको मितिअनुसार नै मन्त्रिपरिषद्बाट निर्णय गरिने ।

२. अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले खोज्यो नेपालको साथ, अमेरिकी सभामुखको उक्त कदमको नेपालले विरोध गर्ने चिनियाँ राजदूत होउ यान्छीको विश्वास, नेपालले एक चीन नीतिको पालना गरिरहने भनाइ, एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनसँग नेपाल मिल्ने अभिव्यक्ति ।

३. मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष, तत्कालिन प्रदेश सचिव यामप्रसाद भूसालसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत संकटमा पर्नसक्ने ।

४. सप्तकोसी नदीले पुरानै धार सोझ्यायो, झण्डै दुई हजार परिवार प्रभावित, सप्तकोसी, कञ्चनरुप तथा हनुमाननगर कंकालिनी नगरपालिकाको केही वडामा जोखिम बढेको भन्दै यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनको आग्रह, बाढी नियन्त्रणमा नआउञ्जेलसम्मका लागि कोसी बाँधतर्फ नजान अनुरोध, कोसी ब्यारेजका ४६ ढोका खोलियो, पानीको बहाब २ लाख ४३ हजार १ सय ८० क्युसेक ।

५. अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमणप्रति नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको आपत्ति, ताइवान चीनको अभिन्न अंग भएकाले अमेरिकाले हस्तक्षेप गर्न नमिल्ने भनाइ, चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार अर्को देशलाई नहुने टिप्पणी ।

६. जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपालीलाई जापान लगिँदै, एसएसडब्लु प्रणाली मार्फत जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा जानकारी, १४ वटा पेशागत क्षेत्रमा काम गर्न लागिने, रोजगारीको लागि छलफल गरि कामदार पठाउने विषयमा सिफारिस गर्ने ।

७. भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने, १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ, अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी, बक्यौता रकम भुक्तानी गर्दै क्रमशः पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्नुपर्ने दायित्व रहेको रहेको भनाइ ।

८. कोरोनाकालमा दिएका वित्तीय सहुलियत हट्यो, कर्जाको पुर्नतालिकीकरण र पुनर्संरचना गर्न सकिने सुविधा पनि हटाइयो, पर्यटन, चलचित्र, सार्वजनिक यातायात तथा शिक्षा क्षेत्रको हकमा प्रवाह भएको कर्जामा समेत लागू हुने, एउटै बैंकबाट १२ कडोड रुपैयाँसम्म लिन पाउने, सेयर धितोकर्जा एउटै वा सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म लिने पाइने गरी निर्देशन जारी ।

९. अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमण चीन–अमेरिका कुटनीतिमा विवाद, ताइवानको संसदमा पेलोसीको सम्बोधन, अमेरिका र ताइवानबीच संसदीय आदानप्रदान बढाउने विश्वास, चीनद्वारा कडा विरोध, अत्यन्तै डरलाग्दो र परिणामहरू गम्भीर हुने भनाइ, अमेरिकाले ‘आफ्नो गल्तीको मूल्य आफै तिर्नुपर्ने’ चेतावनी ।

१०. नवौँ राष्ट्रिय खेलकुदका सबै खेल गण्डकीमै हुने, प्रतियोगिताको सबै खेल गण्डकी प्रदेशमा नै गराउने तयारी भइरहेको राखेपका सदस्यसचिव टङ्कलाल घिसिङको भनाइ, गण्डकी प्रदेशमा आवश्यक मापदण्ड पूरा गर्न नसक्ने अवस्थामा मात्र काठमाडौंमा केही खेल गराउन गाइने, व्यवस्थित गर्न एप्स बनाएर खेल आयोजना, मिति, समय र नतिजा त्यसमा समावेश गर्ने योजना, पहिलो संस्करणदेखि नवौँसम्मका खेलकुदका डाटा सुरक्षित गरिने तयारी ।















