Logo
Logo

आज चुनावको मिति घोषणा गर्ने तयारी


4.4k
Shares

काठमाडौं । सरकारले आज संघीय तथा प्रदेशसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।

त्यसका लागि मन्त्रिपरिषद्को बैठक बस्दैछ । यद्यपि बैठक बस्ने समय भने तय भइनसकेको एक मन्त्रीले जानकारी दिए ।
बुधबार बसेको सत्ता गठबन्धनको बैठकले संघ र प्रदेशको निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो ।

बुधवारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी थिए ।

निर्वाचन आयोगले मंसिर ४ गतेका लागि चुनावको मिति तय गर्न दिएको सुझाव अनुसार मिति घोषणा हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्