Logo
Logo

श्री एयरको विमानको इञ्जिनबाट धुँवा निस्किएपछि अपतकालिन अवतरण


2.8k
Shares

काठमाडौं । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमानको इञ्जिनबाट धुँवा निस्किएको छ ।

उडेको केही समयमै विमानको लेफ्ट इञ्जिनबाट धुँवा निस्किएपछि विमान नेपालगञ्ज विमानस्थलमा फर्किएको छ । बिहान ९ : ४९ बजे उडेको विमानलाई नेपालगञ्जमै पूर्ण आपतकालिन अवतरण गराइएको छ ।

क्याप्टेन रितेश कर्णले उडाएकाे विमानमा ७९ जना यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस्