काठमाडौं । सरकारले प्रतिनिभि र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेसँगै निर्वाचन आयोगले तयारी थालेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले अगामी मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । सरकारको उक्त निर्णयलाई स्वागत गर्दै निर्वाचन आयोगले तयारी थालेको हो ।

आयोगका लागि अब १०९ दिन बाँकी भएकाले यो पर्याप्त हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।
उनले एक सय दिन भन्दा धेरै भएकाले आफूहरुलाई पर्याप्त समय हुने बताए ।
थपलियाले आगामी निर्वाचनका लागि मतदान क्षेत्र निर्माण गर्नेदेखि आयोगले गर्ने सबै तयारी अब सुरु हुने बताए । उनले भने, ‘आयोग तयारीकै अवस्थामा थियो । यसबीचमा पनि हामी निर्वाचनको तयारीमा थियौं, जति समय सरकारबाट प्राप्त भएको छ त्यो पर्याप्त छ।’














