
१. प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मंसिर ४ गते एकै चरणमा हुने, बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तोक्यो, निर्वाचनको मिति घोषणा हुनुले लोकतन्त्र थप बलियो भएको भन्दै राजनीतिक दलका नेताद्वारा स्वागत ।

२. आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी र जेष्ठ नागरिकहरुले समानुपातिकतर्फ मतदान गर्न पाउने, उम्मेदवारी दर्ता भएसँगै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य पदको सकिने ।

३. मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने सरकारको निर्णय नेकपा एमालेबाट स्वागत, निर्वाचनका लागि ४ मंसिरको मिति स्वभाविक र अपेक्षित रहेको धारणा, निर्वाचन निष्पक्ष हुनुपर्नेमा ओलीको जोड ।

४. निर्वाचनको मिति घोषणासँगै निर्वाचन आयोग तयारीमा जुट्यो, तोकिएको दिन स्वतन्त्र र निष्पक्षरूपमा निर्वाचन गराउन पूर्ण सक्षम रहेको आयोगको भनाइ, मतदाता नामावाली संकलन कार्य साउन २० गतेपछि स्थगन गर्ने, आयोगले अब हुने निर्वाचनका लागि चाँडै दल दर्ता प्रक्रिया सुरु गर्ने ।

५. सर्वोच्च अदालतमा शुक्रबार पनि पूरा समय सेवा प्रवाह हुने, सर्वोच्च अदालतले रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने निर्णय, अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फछ्र्यौट हुने विश्वास ।

६. मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि वर्तमान पाँच दलीय गठबन्धन कायम रहने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, गठबन्धनभित्रका दल एकतावद्ध भएर जान जरुरी रहेको धारणा, नेपाली कांग्रेसलाई हामी नै सबैथोक हो भन्ने भान परेको अवस्थामा तेस्रो मोर्चा बन्न सक्ने चेतावनी ।

७. जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जाने तयारी अवस्थामा रहेका नेपालीलाई यथाशक्य पठाइने, जापानको स्पेसिफाइड स्किल वर्कर्स (एसएसडब्लु) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नुपर्ने कार्यविधि बनाइने, जापान सरकारले त्यहाँको औपचारिक माध्यमबाट एसएसडब्लु प्रणालीअन्तर्गत नेपालबाट कामदार उपलब्ध हुने विषयको जानकारी रोजगारदातालाई गराउने ।

८. मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा भएसँगै सेयर बजार उकालो लाग्ने अपेक्षा, आम निर्वाचनको मिति घोषणा भएको दिने भने सेयर बजारमा ३८ अंकले गिरावट, निर्वाचन घोषणासँगै लगानीकर्तामा मनोवैज्ञानिक रुपमा सकारात्मक असर पार्ने सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालको भनाइ, निर्वाचन घोषणाले पुँजीबजारलाई मात्रै नभएर सबै क्षेत्र चलयमान हुने दावी ।

९. मंसिर ४ मा आम निर्वाचन घोषणा भएसँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित हुने चिन्ता, असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने प्रतियोगीतालाई निर्वाचनले असर नगर्ने युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको विश्वास, सरकारको पूर्व घोषित कार्यक्रम भएकाले आवश्यक परेको अवस्थामा निर्वाचन आयोगसँग आचार संहिता उल्लंघन नहुने प्रतिबद्धता सहित अनुमती लिन सकिन भनाइ ।

१०. अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी फर्किनेबित्तिकै चीनले ताइवानमाथि नाकाबन्दी लगायो, ताइवानसँग जोडिएको क्षेत्रमा सैन्य अभ्यासले तीब्रता पायो, न्यान्सी पेलोसीको भ्रमणलाई संकटमा नबदल्न चीनलाई अमेरिको चेतावनी ।















