
काठमाडौं। आज दिउँसो माैसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मुलुकका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
प्रदेश १, मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले त्यहाँ पहिरो तथा गेग्रान बहावको जोखिम छ ।
ती स्थानमा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।














