
काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ ।
ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने निर्णय गरेको हो ।
परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेललाई व्यवस्थित र सुन्दर बनाउने निर्णय गरिएको बताए । जसका लागि ७ सदस्यीय समितिसमेत गठन गरेको छ ।
ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र देखिएका ढलको समस्या, पार्किङको समस्या, समस्या समाधानका लागि काम गर्दै आएको छ ।














