Logo
Logo

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने सहमति


945
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टी एकता गर्ने भएका छन् । क्रान्तिकारीका महासचिव मोहन वैद्य ‘किरण’ र बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’लगायतका नेताबीचको बैठकलले पार्टी एकता गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन दुई पार्टीका ६/६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको छ ।
क्रान्तिकारी माओवादीबाट महासचिव किरण, सिपी गजुरेल, हरिभक्त कँडेल, परि थापा, इन्द्र मोहन सिग्देल र रामसिंह श्रीस रहेका छन् ।

यस्तै, नेकपा बहुमतबाट धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली, दिपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी सदस्य रहेका छन् ।

नेकपा बहुमतका संयोजक बास्तोलाले जतिसक्दो छिटो पार्टी एकताको प्रक्रिया गर्ने बताएका छन् । उनले संयोजन समितिले वैचारिक, राजनीतिक र सांगठनिक संचरनाको टुंगो लगाएर छिट्टै एकता प्रकृयालाई पूर्णता दिने बताए । उनले भने, ‘जतिसक्दो छिटो एकतालाई पूर्णता दिन्छौं ।’ बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै किरण र कन्चणले एकता प्रक्रियामा सामेल हुन पार्टी संगठन र नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्