Logo
Logo

बाबुराम नेतृत्वको समाजवादी पार्टीले बोलायो पहिलो बैठक


756
Shares

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पहिलो बैठक बोलाएको छ । पार्टीका नेता विश्वदीप पाण्डेका अनुसार काठमाडौंमा शनिबार हुने बैठकले संगठन निर्माणबारे विभिन्न निर्णय गर्नेछ ।

फाइल फोटो

साथै, केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीबारे निर्णय लिनका लागि बैठक बोलाइएको बताइएको छ । निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी अद्यावधिक गरे पनि यो पार्टीले अध्यक्षलगायत केन्द्रीय समिति अद्यावधिक गराउन बाँकी छ ।

यस्तै, बैठकले नेता तथा कार्यकर्ताहरूको कार्यविभाजनसम्बन्धी पनि निर्णय गर्ने तयारी छ । बैठकमा मंसिरमा हुने निर्वाचनबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्