
धनगढि । उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन बढाउनका लगि भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने बताएका छन् ।
बन्द रहेका उद्योगलाई सञ्चालनमा ल्याएर औद्योगिक उत्पादन सरकार लागिपरेको उनको भनाइ छ । शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँगको भेटमा मन्त्री बडूले बसै उद्योग पूर्ण क्षमतामा चलेमात्रै रोजगारीको सिर्जना हुने बताएका हुन् ।
‘सरकारले मात्रै सबै उद्योग चलाउन सक्दैन । सरकार र निजी क्षेत्रको साझेदारी वा केही उद्योग अझ पूर्णत लिजमा दिएर सञ्चालन गरिए राजस्वमा योगदान पुग्न सक्दछ ।’ मन्त्री बडूले भने, ‘यसरी निजी क्षेत्रले सञ्चालन गरिदियो भने रोजगारी तथा राजस्व बढ्छ र राष्ट्रिय उत्पादन पनि बढ्छ ।’
सरकारले प्रदेश र संघको निर्वाचनको मिति तोकिसकेकाले त्यसको तयारी नै अहिलेको प्रमुख काम रहेको मन्त्री बडूले बताए ।














