Logo
Logo

ओलीसँग निर्वाचन लड्ने रञ्जित तामाङकाे घोषणा


13k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्वाचन लड्ने घोषणा गरेका छन् ।

सरकारले मंसिर ४ गते चुनावको समिति घोषणा गरेपछि तामाङले ओलीसँग प्रतिस्पर्धामा उत्रने बताएका हुन् । गठबन्धनमा सहभागी माओवादी नेता तामाङले टिकट पाए ओलीलाई पराजित गर्ने क्षमता आफूसँग रहेको दाबी गरे ।

‘गठबन्धनमा भागबन्डा गर्दा झापा क्षेत्र नम्बर ५ माओवादीको भागमा परे म केपी ओलीविरुद्ध उठ्छु । जितेरै देखाउँछु,’ उनले भने । ०७४ सालको निर्वाचनमा ओलीले ५७ हजार १ सय ३९ मत ल्याएर विजयी भएका थिए ।

प्रतिद्वन्द्वी काँग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका थिए । ओली माओवादी र राप्रपासँग गठबन्धन गरेर चुनाव जितेका थिए ।

अधिकारी एकल रुपमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्