काठमाडौं । परराष्ट्र मन्त्रालयले चीन ताइवानको विषयलाई नजिकबाट नियालिरहेको बताएको छ । मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चीन ताइवानको विषयलाई नेपालले नजिकबाट नियालिरहेको छ । एक चीन नीतिको समर्थन गर्दै आएको छ । दुवै मुलुले सम्मान गर्दै आएका छन्। नेपाल अन्तराष्ट्रिय शान्तिको पक्षमा छ ।’
एसपीपीबारे संसदमा नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले जानकारी दिइसके भन्दै प्रवक्ता लम्सालले यसबारेमा थप बोल्न नमिल्ने बताए ।
प्रवक्ता लम्सालले २० जना नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेकोमा १८ वटा राजदूतहरुको सहमति पत्र आइसकेको, तीन वटा राष्ट्रमा राजदूतहरु नियुक्त भएर गइसकेको र म्यानमार र मलेसियाको सहमति प्राप्त भइसकेको प्रवक्ता लम्सालले जानकारी दिए ।














