Logo
Logo

ओलीको टिप्पणी- सरकारले चोलेन्द्रलाई खेलौना बनायो


756
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सरकारले खेलौना बनाएको टिप्पणी गरेका छन् । एमालेको उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको रणनीतिक विशेष कार्यशालालाई सम्बोधन गर्दै ओलीले उक्त टिप्पणी गरेका हुन् ।

चोलेन्द्रविरुद्ध संसद सचिवालयमा दर्ता गरिएको महाअभियोगको प्रस्ताव पारित गराउनका लागि नल्याइएको ओलीले बताए । ओलीले भने, ‘सत्ता गठबन्धन सर्वोच्च आदलतका प्रधानन्यायाधीशमाथि महाभियोग लगाउँछ, अनि उक्त प्रस्ताव ६ महिनासम्म एक पाइला अघि वढाउँदैन । प्रधानन्यायाधीश माथिको महाअभियोग खेलानौ हो ?’

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति पनि टिप्पणी गरे । उनले ‘परमादेशी सत्ताको खेलौना’को रुपमा सभामुखले भूमिका खेलेको आरोप लगाए । गठबन्धनले जे भन्यो सभामुख सापकोटाले त्यही मात्रै गर्ने गरेको ओलीको टिप्पणी छ ।

उनले भने, ‘आफ्नो टेवलमा महाभियोग प्रस्ताव आएपछि छिनोफानो गर्न पर्दैन ? यसमा आफ्नो पक्षमा हुँदैन भन्दैमा सत्ता गठवन्धनको इसारामा छिनोफानो नगर्ने कार्य सभामुखले गर्न मिल्छ ?’

प्रतिक्रिया दिनुहोस्