Logo
Logo

मोहन बैद्य र धर्मेन्द्र बास्तोलाले पार्टी एकता गर्दै


882
Shares

काठमाडौं । मोहन बैदे नेतृत्वको नेकपा (क्रान्तिकारी माओबादी) र नेकपा बहुमत एकता हुने भएको छ।

आज बसेको वार्ता समितिको बैठकले पार्टी एकता गर्नको लागि पार्टी एकता समायोजन समिति गठन गरेको छ । आज संयुक्त रुपमा प्रेस वक्तव्य जारी गर्दै पार्टी एकताको लागि समिति गठन गरेको जानकारी गराएको छ ।

नेत्रबिक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीबाट अलग भएका धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली लगायत नेताहरुले नेकपा बहुमत पार्टी खोलेका हुन् । उक्त पार्टीको संयोजकमा बास्तोला रहेका छन् भने प्रवक्तामा ओली छन् ।

प्रतिक्रिया दिनुहोस्