Logo
Logo

थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि


378
Shares

काठमाडौं । नेपालमा एकैदिनमा थप ९१२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट आज एकजनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । आज ३७० जना संक्रमणमुक्त भएका छन् । ५ हजार ५८७ जना होम आइसोलेसनमा रहेका छन् भने १७३ जना संस्थागत आइसोलेसन र ४२ जना आईसीयूमा छन् ।

प्रतिक्रिया दिनुहोस्