Logo
दृष्टिका १० हेडलाइन्स्

निर्वाचनमा तालमेल गर्ने सहमतिदेखि चीन-ताइवानबारे नेपालको धारणासम्म



१. आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेल गर्न सत्तारुढ पाँच दलीय गठबन्धन सहमत, ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भएको तालमेललाई निरन्तरता दिने निर्णय, भदौको पहिलो साताभित्र सिट बाँडफाँड टुंग्याइने


२. आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न सत्तारुढ गठबन्धनद्वारा ११ सदस्यीय कार्यदल गठन, कांग्रेसबाट तीन र बाँकी दलबाट दुई÷दुई जना सदस्य, कार्यदलमा गगन थापा, कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, वर्षमान पुन, देव गुरुङ, बेदुराम भुसाल, प्रमेश हमाल, रामसहायप्रसाद यादव, रकम चेम्जोङ, हिमलाल पुरी र आनन्द शर्मा ।


३. आमागी निर्वाचनपछि एमालेले एकल बहुमतको सरकार बनाउने अध्यक्ष केपी शर्मा ओलीको भनाइ, दुई तिहाईको बहुमत ल्याउन नसकेपनि एकल बहुमत ल्याउने दाबी, गठबन्धन सरकार ट्रयाक्टरजस्तो भएको टिप्पणी, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सरकारले खेलौना बनाएको आरोप, महाभियोग प्रस्ताव आएपछि छिनोफानो गर्नुपर्ने तर्क ।


४. मंसिर ४ को निर्वाचनका लागि निर्वाचन आयोगद्वारा दल दर्ता आह्वान, साउन २२ देखि ३१ गतेभित्र दल दर्ता गर्न सकिने, दुई वा त्यो भन्दा बढी दलहरुले गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न पाउने, अन्य कुनै निर्वाचन चिन्ह लिएर पनि निर्वाचनमा जान पाउने, संयुक्त रुपमा उम्मेदवारी दिँदा सम्बन्धित उम्मेदवार कुन दलमा आवद्ध हो भन्ने खुलाउनुपर्ने ।


५. अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पन्न तनावका विषयमा नेपालले दियो प्रतिक्रिया, चीन ताइवानको विषयलाई नजिकबाट नियालिरहेको परराष्ट्र मन्त्रालयको भनाइ, नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको जानकारी, नेपाल अन्तराष्ट्रिय शान्तिको पक्षमा भएको भनाइ ।


६. निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलन स्थगित, प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन रोकिएको निर्वाचन आयोगद्वारा जानकारी, यसअघि अनलाइन प्रविधिमार्फत् मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा शनिबारसम्म काम हुने ।


७. ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति नेकपा माओवादी केन्द्रको ध्यानाकर्षण, माओवादी एक चीन नीतिप्रति प्रष्ट भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, चीनको राष्ट्रिय एकताप्रति बाधा हुने गतिविधिप्रती विरोध गर्ने अभिव्यक्ति ।


८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको नेप्से परिसूचकको ओरालो यात्रा कायमै, साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४ दशमलव ६१ अङ्कले घटेर दुई हजार ११३ दशमलव५५ अङ्कमा सीमित, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पाँच दशमलव ८० अङ्कले ओरालो लागेर ४०६ दशमलव ४५ मा झर्यो, दुई सय १३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर दुई अर्ब ६२ करोड ६१ हजार ५४ हजार ९४८ रुपैयाँमा खरिद बिक्री ।


९. अमेरिकी संसद्का सभामुख न्यान्सी पेलोसी र उनको निकटतम परिवारका सदस्यविरुद्ध चीनले लगायो प्रतिबन्ध, भ्रमणले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर पार्ने, एक चीन सिद्धान्तलाई कुल्चिने र ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई खतरामा पार्ने भनाइ, भ्रमण ‘दुर्भावनापूर्ण उत्तेजना’ भएको रुसको टिप्पणी ।


१०. नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग पाँच टि-२० आई खेलको सिरिज खेल्ने, नेपालले अगष्ट चौथो सातादेखि केन्यामा गएर पाँच टि-२० आई सिरिज र तीन एकदिवसिय अभ्यास खेल खेल्ने पक्का, राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्न लागेको प्रतियोगितामा विभिन्न किट खरिदमा चलखेल हुन लागेको आरोप, प्रतियोगितामा हतारमा गर्न लागेको र तयारी विना नै आयोजना गर्न लागेको टिप्पणी ।

प्रतिक्रिया दिनुहोस्