Logo
Logo

जबरामाथिको महाअभियोगबारे भोलिदेखि संसदमा छलफल


1.4k
Shares

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोगको प्रस्तावमाथि भोलीदेखी प्रतिनिधिसभा बैठकमा छलफल हुने भएको छ ।

आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधिश जवरामाथिको महाअभियोगबारे छलफल हुने सम्भावित कार्यसुचि रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

२०७८ फागुन १९ गतेको बैठकमा सांसद देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गरेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने सचिवालयद्वारा जारी कार्यसुचिमा उल्लेख छ ।

गत फागुन १९ गते संसदमा प्रधानन्यायाधीश राणामाथिको महाभियोग दर्ता भएपनि उनी निलम्बनमा रहेका छन् । त्यसयता महाभियोगको प्रस्तावमाथिको छलफल अघि बढ्न सकेको थिए ।

त्यसका साथै भोलिको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन बुझाउने लगायतका कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्