
१. प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने, आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगमाथि छलफल हुने कार्यसूची, छलफल हुने भए पनि सत्तारुढ दल र प्रतिपक्षी दल महाभियोगलाई टुंगो लगाउन अनिच्छुक ।

२. नेपाल र भारतका सुरक्षाकर्मीहरुको त्रैमासिक संयुक्त बैठकमा सीमा क्षेत्रका बारेमा व्यापक छलफल, मधेश प्रदेशसँग जोडिएका नेपाल–भारत सीमाक्षेत्रमा हराएका सीमास्तम्भ खोजी तथा जीर्णको मर्मत सम्भार गरिने, सीमाक्षेत्रमा हुने गरेका अपराधलाई पूर्णरुपमा नियन्त्रण गर्ने लगायत विषयमा सहमति ।

३. नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणमा, नेपाल र जापान सम्बन्धको चर्चा, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल चलिरहेको भनाइ, विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई मुलुक निर्माणमा परिचालन गर्न सकिने धारणा ।

४. गठबन्धनले फेरि पनि पाँच बर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी, एक बर्षको अवधिमा वर्तमान गठबन्धन सरकारले मुलुकलाई संकटको बाटोतर्फ अघि बढाएको अरोप, देश बचाउन, देशलाई अघि बढाउन र देशको बिकास गर्न एमालेको बहुमत आवश्यक दाबी ।

५. छोटो समयमै नेकपा एकीकृत समाजवादीमा जनताको आकर्षण बढेको अध्यक्ष माधवकुमार नेपालको दावी, संविधान र लोकतन्त्र जोगाउन तथा समग्र परिवर्तनको रक्षाका लागि पार्टी स्थापना गरिएकाले जनतामा पार्टीप्रति उत्साह बढेको भनाइ, आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले पार्टीलार्ई देशैभर थप स्थापित गराउने विश्वास ।

६. जनता समाजवादी पार्टी नेपाल ‘जसपा’ परित्याग गरी डा. बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टीमा दुई अध्यक्ष रहेन, सनिबार सम्पन्न बैठकबाट भट्टराई र महेन्द्रराय यादव अध्यक्ष चयन, जसपामा जस्तै संघीय परिषद् अध्यक्ष पद रहने विधानमा व्यवस्था, अन्य नेताको जिम्मेवारी समेत तोकियो ।

७. अवसर पाउँदा काम नगर्नेहरूबाट देशलाई बचाउन गठबन्धन बनाएर अगाडि बढ्नुपर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको भनाइ, पटक–पटक जनमतको अपमान गर्नेहरू अहिले रोइकराई गर्न थालेको टिप्पणी, गठबन्धन बनाएर मुलुकलाई ठूलो राजनीति दुर्घटनाबाट जोगाउनुपर्ने अवस्था रहेको धारणा ।

८. सरकारले युवा शक्तिलाई स्वदेशमै रोक्ने प्रयास गरिरहेको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको भनाइ, विदेशबाट फर्केका युवालाई स्वरोजगार र उत्पादनमा जोड्नुपर्नेमा जोड, स्वदेशमै केही गर्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेकाले बिदेशमा सिकेको सिप नेपालमा सदुपयोग गर्न युवालाई आग्रह ।

९. हङकङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङकङ–काठमाडौं–हङकङ उडान भर्ने, असोज १५ देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लियो, क्याथे प्यासिफिक एयरवेजले साताको हरेक शनिबार हङकङ–काठमाडौं–हङकङ उडान भर्दै ।

१०. भारतीय जनता पार्टी (भाजपा) नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनका उम्मेदवार जगदीप धनखड भारतको उपराष्ट्रपतिमा निर्वाचित, कुल खसेको ५ सय २८ मत प्राप्त गर्दै धनखड निर्वाचित हुँदा विपक्षी दलका उम्मेदवार मार्गरेट अल्वाले १ सय ८२ भन्दा कम मत प्राप्त गर्दै पराजित, उपराष्ट्रपति निर्वाचित भएसँगै धनखड माथिल्लो सदन राज्यसभाको अध्यक्ष बने ।















