काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी, स्कुल विभागले जनसंगठनका पदाधिकारीलाई प्रशिक्षण दिँदैछ ।
विभागले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रममा अनेमसंघ समाजवादी, जनजाति, खेलकुद र दलित मुक्ति संगठनका पदाधिकारीहरू र केन्द्रीय नेतृत्व गरी ७५ जनको सहभागिता रहेको छ ।

शुक्रबारबाट सुरु भएको प्रशिक्षण एक हप्तासम्म सञ्चालन हुने स्कुल विभागका सचिव तथा केन्द्रीय कमिटी सदस्य अशेष घिमिरेले बताए ।
सो क्रममा अध्यक्ष माधवकुमार नेपालले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा प्रशिक्षण दिएका छन् ।
यस्तै, दक्षिणपन्थी विसर्जनवादविरुद्ध संघर्षबारे उपाध्यक्ष तथा पार्टी स्कुल विभागका प्रमुख प्रमेश हमाल र नेपालमा जनवादी क्रान्ति र अबको बाटो विषयमा पार्टीका सम्मानित नेता झलनाथ खनालले सहजिकरण गरेका छन् ।














