
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ वजे बानेश्वरस्थित संसद भवनमा बस्ने संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए ।
बैठकमा अगामी चुनावमा दलहरूसँग तालमेलको विषयमा छलफल हुने उनले बताए । लोसपाले अगामी संघ र प्रदेशको चुनावमा कुनै नकुनै दलसँग तालमेल गर्ने भनि यसअघि नै निर्णय गरिसकेको छ । त्यसका लागि लोसपाले काँग्रेस, एमाले, जनमत पार्टी लगायतसंग छलफल पनि गरे पनि कुन दलसँग गर्ने विषयमा टुंगो लागेको छैन ।
आज बस्ने संसदीय दलको बैठकले त्यस विषयमा छलफल हुने भएको छ । साथै बैठकले सरकारको विषयमा पनि छलफल गर्ने बताइएको छ । आज संसदीय दलको बैठक सकिएपछि सोमबार केन्द्रीय कार्यकारिणीको बैठक बस्नेछ ।














