काठमाडौं । बर्खास्त भएका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी आइतबार कार्यालयमा हाजीर भएका छन् । सरकारले शुक्रबार उनलाई बर्खास्त गरेको थियो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । तर, उनी आइतबार कार्यालय पुगेका छन् । बर्खास्त भएको भोलिपल्ट शनिबार भएकाले बर्खास्तीको चिठ्ठी नपाएको भन्दै अधिकारी कार्यालयमा हाजीर भएको बताइएको छ ।
सरकारले अघिल्लो महिना उनलाई निलम्बन गरेको थियो । निलम्बनको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि उनी काममा फर्किएका थिए । सरकारले विभिन्न अभियोगमा छानविन सुरु गरेपछि निलम्बनमा परेका उनलाई शुक्रबार बर्खास्त गरिएको हो ।














