Logo
Logo

अर्थमन्त्रालयमा सचिवको भागाभाग छ – प्रदीप ज्ञवाली


1.1k
Shares

काठमाडौं । एमाले सांसद प्रदीप ज्ञवालीले संसदीय छानबिन समितिको अपूर्ण प्रतिवेदनका कारण अर्थमन्त्रालयमा सचिवहरुको भागाभाग रहेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकको सुन्य समयमा बोल्दै उनले बजेट बनाउने क्रममा गत १४ जेठ मध्यराति अनधिकृत व्यक्तिको संलग्नता करको दर हेरफेर भएका विषयमा छानबिन गर्न गठित संसदीय समितिले अपूर्ण प्रतिवेदन बुझाएको बताए । जस कारण अर्थमन्त्रालयमा कुनै पनि सचिव जान नमानेको र भएका सचिवले पनि सरुवा मागेको उनको भनाइ छ ।

‘कुनै बेला अर्थमन्त्रालयमा सचिव जान हानथाप गर्थे । तर, अहिले सचिव अर्थमन्त्रालयमा जान नमान्ने, भएकाले पनि सरुवा माग्ने अवस्था सृजना भयो । मन्त्रालयमा सचिव भागाभागको अवस्था सृजना हुनुमा छानबिन समितिको अपूर्ण प्रतिवेदन, अथवा १४ जेठको घटना प्रति उत्पादक अवस्था बनेको छ,’ ज्ञवालीले भने ।

प्रतिक्रिया दिनुहोस्